काठमाडौँ, बैशाख २७ । अभिनेता सी. जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएपछि तीन आदेश जारी गरेका चाहन ।
शपथ लिएकै स्थान आइतबार चेन्नईस्थित नेहरू रंगशालामा मुख्यमन्त्री विजयले तीन आदेशमा हस्ताक्षर गरेका हुन् । उनले प्रत्येक घरलाई २ सय युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउने, लागुऔषध तथा नशासम्बन्धी समस्या नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने तथा महिलाको सुरक्षाका लागि विशेष कार्यदल बनाउने निर्णय गरेका हुन् ।
शपथ पछिको सम्बोधनमा विजयले राज्यमा सामाजिक न्यायसहितको सरकार संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफुले गर्न नसक्ने बाचा नगर्ने स्पष्ट गर्दै जनताका दैनिकीसँग जोडिएका विषय आफ्नो पहिलो प्रथामिकता रहेको बताएका थिए ।



