दीपक भट्टलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

`

     २०८३ वैशाख २१ गते ५:४७

काठमाडौं, वैशाख २१ । थुनामा रहेका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले सुनुवाइ सकिएपछि काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीका नाममा यस्तो आदेश गरेको हो ।

भट्टलाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी आयुस्मा नेपालले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सर्वोच्चले बन्दीसँगै पक्राउको कारणसहित लिखित जवाफ पेस गर्न समेत आदेश गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?