२१ वैशाख । फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले हल्लिँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार दिउँसो २ः०९ बजे गएको भूकम्पको तीव्रता ६.० म्याग्निच्युड मापन गरिएको छ ।
भूकम्प समर प्रान्तअन्तर्गत पर्ने तटीय सहर सान जुलियनबाट करिब नौ किलोमिटर दूरीमा ७३.३ किलोमिटर गहिराइमा केन्द्रित रहेको जनाइएको छ । गहिराइ बढी भएकाले ठूलो विनाश हुनबाट जोगिएको अनुमान गरिएको छ ।




