काठमाडौँ, २० वैशाख । बुटवलको मोतिपुर क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
हालै मोतिपुर क्षेत्र खाली गराउन मोतिपुर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पत्राचार गरेपछि र विभिन्न स्थानमा डोजर प्रयोग गरी संरचना हटाउन थालिएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् ।
राजीगन्जस्थित चौरमा भेला भएका उनीहरूले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।



