चितवन ११, चैत । कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको ज्यान गएको छ ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० वर्षीय युवकको भरतपुरको कोरोना विषेश अस्पतालमा उपचारकोक्रममा ज्यान गएको जनाइएको छ। उनको मृत्यु मंगलबार बिहान ७ बजे भएको कोरोना स्थाई अस्पतालले जानकारी दिएको छ ।

युवक बिगत एक वर्ष देखि किड्नीको बिरामी थिए पछिल्लो समय उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए । अहिले उनको शव को शव अस्पतालमै राखिएको छ ।




