रवि लामिछानेको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

`

     २०८३ वैशाख १७ गते ११:२२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु अव्दुल अजीज मुसलमान श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।

सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको उक्त रिट आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?