कक्षा १२ को परीक्षा सुरु

`

     २०८३ वैशाख १४ गते ९:२६

काठमाडौँ । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु भएको छ।

सोमबार बिहान ८ बजेदेखि जारी परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको नयाँ र पुरानो कोर्षको परीक्षा भइरहेको छ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी भएका छन्।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन्।

यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ। यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज कक्षा १२ को परीक्षा दिँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?