एसईईको नतिजा वैशाखभित्रै प्रकाशित हुने

`

     २०८३ वैशाख १३ गते ९:३६

काठमाडौँ, बैशाख १३ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख अन्तिम सातासम्म प्रकाशन गर्ने तयारी अघि बढाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार एसइईको उत्तरपुस्तिका परीक्षण सकेर अहिले परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ।

अर्यालका अनुसार परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम एक दुई दिनमा सकेर त्यसलाई रुजु गरिने छ। रुजु गर्दा पनि कुनै प्राविधिक समस्या देखिएन भने नतिजा प्रकाशनको प्रक्रियामा जाने छ।

गएको चैत १९ गतेदेखि सुरु भएको एसइई परीक्षा गत चैत २९ गते सकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?