advertisement

अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने जनाइएको छ।

" /> लकडाउनको समयमा घरबाट बाहिर निस्किएका १० जना पक्राउ - Sarbocha Media

लकडाउनको समयमा घरबाट बाहिर निस्किएका १० जना पक्राउ

`

     २०७६ चैत्र ११ गते ६:४७

चितवन, ११ चैत । चितवनमा लकडाउन उल्लंघन गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिनाकामकाज घरबाट बाहिर निस्किएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनकाका अनुसार ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि देशलाई पूरै एकहप्ते लकडाउन गरेको छ । लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने बताइएको छ ।

advertisement

अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?