लोकतन्त्रको विकल्प अझ सुदृढ र जनमुखी लोकतन्त्र नै हो : सभापति थापा

`

     २०८३ वैशाख ११ गते ९:३५

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा सीमित नराखी जनजीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले प्राप्त उपलब्धिहरूलाई जनताले आफ्नै जीवनमा महसुस गर्न सक्ने व्यवस्था बनाउनु नै सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?