काठमाडौँ । सत्तापक्षकै सांसदले केराको मूल्यलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न उठाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी धादिङबाट निर्वाचित सांसद आशिका तामाङले केराको मूल्यलाई लिएर सरकारको कटाक्ष गरेकी हुन् ।।
‘केरा नै केरा फल्ने देशमा एक दर्जनको रु। ३५०’ भन्दै उनले फेसबुकमा लेखेका छन् ।
अहिले केरालाई उपत्यकाका खुद्रा पसलहरूमा ३५० देखि ४०० रुपैयाँसम्ममा बेच्ने गरेको छ ।
केही महिना अघिसम्म केराको मुल्य प्रतिदर्जन १२० देखि १५० रुपैयाँ थियो ।



