पूर्वका दुग्ध कृषकलाई ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी

`

     २०८२ चैत्र १८ गते १२:१८

काठमाडौँ, १८ चैत । विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई करिब ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । आयोजनाका अनुसार हालसम्म करिब ११ करोड ९६ लाख रुपैयाँ बराबरको दुध बक्यौता तिर्न बाँकी रहेको छ ।

चालू आर्थिक वर्षको साउन मसान्तदेखि चैत्र मध्यसम्म आयोजनाले करिब २४ करोड ४१ लाख ५० हजार रुपैयाँ दुग्ध कृषकलाई भुक्तानी गरिसकेको जनाएको छ । गत असोज मसान्तसम्मको बक्यौता रकम भने पूर्ण रूपमा भुक्तानी गरिसकिएको र त्यसपछिको रकम तिर्न बाँकी रहेको निमित्त आयोजना प्रमुख नवीन किशोर शर्माले जानकारी दिए ।

उनका अनुसार आयोजनामा करिब १२ करोड रुपैयाँ बराबरको ९४ मेट्रिक टन पाउडर दूध र ७० मेट्रिक टन मक्खन मौज्दात रहेकाले नगद प्रवाहमा समस्या देखिएको छ । उनले उत्पादित सामग्री बिक्री हुन नसक्दा किसानलाई समयमै भुक्तानी गर्न कठिनाइ भएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?