advertisement

सोमबार कोरोना भाइरसबाट सबैभन्दा बढीको मृत्यु इटाली, स्पेन, अमेरिका र फ्रान्समा भएको थियो । इटालीमा ६ सय १, स्पेनमा ५ सय ३९, अमेरिकामा १४० र फ्रान्समा १८६ जनाको मृत्यु भएको थियो।

त्यस्तै जर्मनीमा २९, दक्षिण कोरियामा ७, स्वीजरल्याण्डमा २२, बेलायतमा ५४, नेदरल्याण्ड्समा ३४, अष्ट्रियामा ५, पोर्चुगलमा ९, टर्कीमा ७, डेनमार्कमा ११, फिलिपिन्समा ८ जनाको मृत्यु सोमबार भएको थियो।

" /> विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो - Sarbocha Media

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

`

     २०७६ चैत्र ११ गते ३:३३

काठमाडौं, ११ चैत्र । कोरोना भाइरस अर्थात कोभिड–१९ बाट विश्वभर मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । यो समाचार तयार पारिसक्दासम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार ५१० पुगेको तथ्यांक विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फो निकालेको छ ।

अहिलेसम्म विश्वभर ३ लाख ७८ हजार ८४२ सय जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १ लाख २ हजार ६४ निको भइससेका छन् । अहिले २ लाख ६० हजार २६८ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १२ हजार ६२ जना भने गम्भीर अवस्थामा छन् ।सोमबार मात्रै विश्वमा १ हजार ८६९ जनाको मृत्यु भएको छ भने ४१ हजार ३५३ जना नयाँ संक्रमित भेटिएका छन् ।

advertisement

सोमबार कोरोना भाइरसबाट सबैभन्दा बढीको मृत्यु इटाली, स्पेन, अमेरिका र फ्रान्समा भएको थियो । इटालीमा ६ सय १, स्पेनमा ५ सय ३९, अमेरिकामा १४० र फ्रान्समा १८६ जनाको मृत्यु भएको थियो।

त्यस्तै जर्मनीमा २९, दक्षिण कोरियामा ७, स्वीजरल्याण्डमा २२, बेलायतमा ५४, नेदरल्याण्ड्समा ३४, अष्ट्रियामा ५, पोर्चुगलमा ९, टर्कीमा ७, डेनमार्कमा ११, फिलिपिन्समा ८ जनाको मृत्यु सोमबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?