काठमाडौं, चैत १० । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। रास्वपाले चैत १२ गते बिहीबार अपाराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ।
बैठकमा संसदीय दल नेता चयन गर्नेबारे छलफल गर्ने कार्यसूची तय भयको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाले चुनाव अगावै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको थियो।



