बुटवल, चैत ७ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले अहिलेको अवस्थामा आइपुग्नुका कमजोरीलाई सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने हुन सक्ने टिप्पणी गरेका छन्।
चिन्तन अभियान नेपालले शनिबार बुटवलमा गरेको कार्यक्रममा उनले पछिल्ला तीनवटा निर्वाचनको परिणाम हेर्दा एमाले मात्र नभई पुराना राजनीतिक दलहरुको अवस्था दयनीय बनेको र अझै पनि कार्यशैली परिवर्तन नगर्ने हो भने सामूहिक जाने अवस्थामा पुग्ने बताएका हुन्।




