प्रतिनिधि सभा बैठक हल निर्माण अन्तिम चरणमा

`

     २०८२ चैत्र ०४ गते ३:२४

काठमाडौं, चैत ४ । नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते गराउने तयारी तीव्र पारिएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।

सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो। शपथ कार्यक्रमका लागि हलमा माइक र बत्ती जडान लगायतका काम धमाधम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?