बालेन शाह रास्वपाको अभिमुखीकरणमा नजाने

`

     २०८२ चैत्र ०४ गते १२:२४

काठमाडौँ, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र वर्तमान कानुनी अवस्थाबारे जानकारी दिन राखेको दुई दिने अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह सहभागी नहुने भएका छन् ।

काठमाडौँको एक होटलमा मंगलबारबाट सुरु भएको दुई दिने आवासीय अभिमुखीकरण आज बुधबार सकिँदैछ । अभिमुखीकरण कार्यक्रमको समापनमा पार्टी सभापति रवि लामिछाने एकै छिन सहभागी हुने भएपनि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाह सहभागी नहुने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?