म त तलब खान्नँ नि किन तलब खानु र : सुधन गुरूङ

`

     २०८२ चैत्र ०३ गते ३:५८

काठमाडौं, चैत ३ । गोरखा १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी  का प्रतिनिधि सभा सदस्य सुधन गुरूङले सांसदको तलब नखाने बताएका छन्।

रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा एक पत्रकारले सोधेको प्रश्नमा जबाफ दिँदै गुरूङले तलब नखाने बताएका हुन्।

‘म त तलब खान्नँ नि। किन तलब खानु र,’ सांसद नेता भएर तलब नखाने भन्ने पत्रकारको प्रश्नमा उनले भनेका छन्, ‘नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि हामी नेपाल अभियानका संयोजक सुधन गुरूङ राष्ट्रिय राजनीतिमा उदाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?