काठमाडौं, २५ फागनु । प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ का उम्मेदवार ऋषि धमलाले आफूले अहिलेसम्म कुनैपनि दलको सदस्यता नलिएको भन्दै यो निर्वाचनमा प्रयोग गरेको मोवाईल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । रौतहटबाट काठमाडौं फर्किएलगत्तै धमलाले रौतहट–४ का जनतालाई धन्यवाद ज्ञापन गर्न आयोजित पत्रकार भेटघाटमार्फत यस्तो घोषाा गरेका हुन् ।
उनले आफू चुनावमा जानुअघि नै बालेन शाहले बोलाएर टिकट दिएको पनि स्मरण गराए । धमलाले आफूले लिएको चुनाव चिन्ह ‘मोवाईल’ आम जनता पार्टी र जनादेश पार्टीबीचको सहमतिबमोजिम एकल चुनाव चिह्न लिने भएर लिएको बताए । उनले भने,‘म चुनावमा गएँ, जनताको जनादेश मान्ने मान्छे हुँ । मोवाईल चुनाव चिन्ह र त्यो पार्टीसँग सम्बन्ध रहँदैन । मैले चुनाव जाने भएपछि त्यो चिह्न लिएको मात्र हुँ, अहिलेसम्म मैले कुनैपनि दलको सदस्यता लिएको छैन । जनादेश र आम जनता पार्टीबीच सहमति भएको थियो, एउटै चुनाव चिह्न लिने, म पार्टीको उम्मेदवार होईन । दुवै पार्टीले आग्रह गरेपछि चुनाव चिन्ह लिएर गएको हुँ । उम्मेदवार भएँ । म कुनैपनि पार्टीको सदस्यता लिएको छैन ।’




