काठमाडौं, फागुन २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगलाई चुनावी खर्च विवरण बुझाएका छन्।
नेता बालेनले झापा ५ को प्रतिनिधि सभा चुनावमा भएको खर्च विवरण आज निर्वाचन आयोगलाई जानकारी गराएका हुन्।
चुनावमा १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको जानकारी बालेनले आयोगलाई दिएका हुन्।



