काठमाडौँ, फाल्गुण २५ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।
त्यस्तै पहिलो पटक चुनावी मैदानमा रहेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ राप्रपालाई उछिनेको छ ।
पछिल्लो मत गणना अपडेट अनुसार ८१ लाख मत गणना हुदा श्रम संस्कृतिको २ लाख ८४ हजार ५३५ मत रहेको छ भने राप्रपाको २ लाख ७१ हजार ८९६ मत रहेको छ ।
त्यस्तै रास्वपाले ३९ लाख १४ हजार २६५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.२ प्रतिशत रहेको छ ।




