काठमाडौँ, २१ फागुन । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन्द्र शाहलगायत उम्मेद्वार बनेको झापा क्षेत्र नम्बर ५ मा १ लाख ६ हजार मत खसेको छ ।
झापा ५ मा १ लाख ६३ हजार ३७९ जना मतदाता थिए । झापा निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये महिला ५६ हजार ९७२ र पुरुष ४९ हजार ४ सय रहेका छन् । यो मत भनेको ६५।११ प्रतिशत हाराहारी हो ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।




