दोलखामा लुटिएको ४५ वटा मतपत्र फेला, अझै ९ वटा मतपत्रको खोजी

`

     २०८२ फाल्गुन २१ गते ४:५३

काठमाडौं, फागुन २१ । दोलखामा लुटिएको ४५ वटा मतपत्र फेला परेको छ।

तामाकोशी गाउँपालिका-४ गोलेश्वर मावि मतदानस्थलमा मतपत्र लुटिएको थियो।

त्यसमध्ये ४५ वटा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मनोजकुमार लामाले जानकारी दिए।

उनका अनुसार मतदानस्थलबाट ५४ वटा मतपत्र लुटिएको थियो।

अझै ९ वटा मतपत्रको खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?