काठमाडौं, फागुन १३ । लोकगायक तथा सञ्चारकर्मी कमल विके निर्मोहीको निधन भएको छ।
विगत केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ रहँदै आएका उनको मंगलबार साँझ निधन भएको हो।
गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनले आफू मर्माहत भएको उल्लेख गरेकी छन्।




