काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा, त्रिपुरेश्वर, बालकोट, कोटेश्वरमा धेरै प्रदुषण

`

     २०८२ फाल्गुन ०८ गते १०:१७

काठमाडौँ, ८ फागुन । राजधानी काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै दयनीय रहेको छ । हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो ।

वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ । यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ ।

० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ ।

काठमाडौँको हावामा पीएम २.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ । काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?