एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन : ईश्वर पोखरेल

`

     २०८२ फाल्गुन ०६ गते ११:२६

काठमाडौँ, ६ फागुन । काठमाडौँ क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् ।

बुधवार टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति भएको उल्लेख गरे । उनले पार्टीले सधैँ देश निर्माणका लागि काम गर्दै आइरहेको समेत बताए ।

‘एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ पोखरेलले भने । नेता पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बिचमा पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?