काठमाडौं, माघ २९ । आइसिसी टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दै छ। मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे नेपाल र इटालीबिचको खेल हुनेछ।
खेलमा इटालीले टस जितेर बलिङ रोजेको छ। ब्याटिङ गर्ने नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। इंल्यान्डविरूद्ध खेलेका स्पिनर शेर मल्लको स्थानमा ललित राजवंशी खेल्दैछन्।



