३८ वर्षिय मेसीको ह्याट्रिक, अर्जेन्टिनाको सहज जित

`

     २०८३ आषाढ ०३ गते ९:१३

काठमाडौँ, असार ३ । कप्तान लियोनल मेसीको जादुयी प्रदर्शनको मदतले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विश्वकप २०२६ मा बुधबार शानदार सुरुआत लिएको छ । कानसास सिटी स्टेडियममा मेसीले उत्कृष्ट ह्याट्रिक गरे सँगै अल्जेरियालाई ३–० ले हरायो ।

मेसीले १७, ६० र ७६ औं मिनेटमा एक एक गोल गरे । अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहार पहिलो गोलमा परिणत भएको थियो ।

एलेक्स म्याक एलिस्टरले गरेको सुरुआती प्रहार अल्जेरियाका गोलरक्षक लुका जिदानले रोके पनि त्यसमै फर्केको बलमा मेसीले दोस्रो गोल गरे । अल्जेरियाको पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको मेसीको प्रहार तेस्रो गोलमा परिणत भएको हो ।

यससँगै मेसीले विश्वकपमा गरेको गोल संख्या १६ पुगेको छ र उनले जर्मनीका मिरास्लोभ क्लोजको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?