काठमाडौँ । इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य ६ विकेटको क्षतिमा ३ बल खेल्न बाँकी छँदै पुरा गरेको हो ।
अब नेपालले अन्तिम चारमा आयोजक टोली मलेसियासँग खेल्नेछ। मलेसियालाई हराएमा नेपाल एसियन गेम्समा छनोट हुनेछ।




