काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निर्वाचन क्षेत्र झापा पुगेका छन् । शुक्रबार चन्द्रगढी विमानस्थल हुँदै अध्यक्ष ओली चुनावी जिल्ला तथा क्षेत्र झापा पुगेका हुन् ।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस पटक झापा पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरे । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई सूर्यमय बनाउन सबै नेता–कार्यकर्ता तथा समर्थकलाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह समेत गरे ।






