लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली प्रहार

`

     २०८२ माघ १६ गते ९:३९

काठमाडौं, माघ १३ । काठमाडौंमा प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको छ।

बुधबार राति काठमाडौंको मुलपानीमा लुटेरा समूहमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।

उनका अनुसार प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १० जनालाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?