जुम्लामा चिसो बढ्यो,न्यूनतम तापक्रम यतिबेला माइनस ०.७१ डिग्री सेल्सियस

`

     २०८२ माघ १३ गते १:००

काठमाडौँ, माघ १२ । हिमपात परेसँगै बढेको जाडोले जुम्लाको जनजीवन प्रभावित भएको छ । जाडो बढ्दै जाँदा खानेपानीका धाराका पानी ठोसमा परिणत भएका छन् । चिसोले पानीका पाइप फुट्न थालेका छन् ।

पिउने पानी आउन छाडेपछि यहाँका नागरिकले बढी सास्ती खेप्नुपरेको छ । हिउँदे याममा नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको चन्दननाथ नगरपालिकाका स्थानीयवासीहरुले बताए । माघमा चिसो बढ्दै गएपछि विशेषगरी जुम्लालगायत माथिल्लो कर्णालीका मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।

जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ०.७१ डिग्री सेल्सियसमा झरेको छ । तीन दिनसम्म मौसम बढलिने सम्भावना रहेको जल तथा मौसम कार्यालय जुम्लाका प्रमुख आशामपूरा कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?