काठमाडौँ, माघ ६ । जय मातृभूमि पार्टीका युवा नेता एवं जेनजी २.० अभियानका प्रवक्ता अविन मेन्याङबो काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिएका छन् । आगामी फाल्गुन २१ गते हुने निर्वाचनको लागि मातृभूमि पार्टीका तर्फबाट उनले काठमाडौँ क्षेत्र न. ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
आमा चुनाव चिन्ह लिई निर्वाचनमा होमिएका अविन मेन्याङबो समसामयिक नेपाली युवा राजनीतिमा उदयीमान नाम हुन् । उनी जेनजी २.० अभियानका प्रवक्ताको रुपमा सक्रिय रहंदै युवाको आवाज, अधिकार र सहभागितालाई राष्ट्रिय वहसको केन्द्रमा ल्याउन निरन्तर प्रयासरत छन् ।
सामाजिक न्याय, लोकतान्त्रिक मुल्य, पारदर्शिता र उत्तरदायी शासनप्रति गहिरो विश्वास राख्ने मेन्याङबो युवा पुस्ताको सोंच, भावना र अपेक्षालाई संस्थागत रुपमा अभिव्यक्त गर्ने सशक्त पात्रको रुपमा परिचित छन् । उनले युवामा बढ्दो निरासा, बेरोजगारी, अवसरको अभाव र राज्यप्रणालीप्रतिको अविश्वासलाई चुनौतिको रुपमा लिदै नयाँ सोंच, नयाँ शैली र प्रविधिमैत्री राजनीतिक पक्षमा स्पष्ट धारण राख्दै आएका छन् ।



