advertisement

नेपाल फर्किसकेका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै मन्त्री ढकालले कोरोनोको लक्षण देखिएमा सरकारले तोकेको मापदण्ड अनुसार जुनसुकै अवस्थामा पनि राज्यले उपचारको व्यवस्था मिलाउने बताए ।

मन्त्री ढकालले सात वटै प्रदेशमा टेकु अस्पतालस्तरको परीक्षण ल्याब स्थापनाका लागि काम अगाडि बढाइएको बताए । सबै प्रदेशका मुख्यमन्त्रीहरुसँगको सामूहिक बैठकमा अस्पताल निर्माण गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको उनले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता देवकोटाले नियमित फलोअपमा आउनेहरुलाई केही दिन ढिला फलोअप गर्दा हुने अवस्थामा अस्पताल नबोलाउन अस्पतालहरुलाई निर्देशन दिइएको उनले बताए । केही दिन ढिला गरी शल्यक्रिया गर्दा पनि समस्या नहुने बिरामीहरुलाई तत्काल नबोलाउन अस्पताललाई भनेको उनले बताए ।

५० शय्याभन्दा माथिका अस्पतालहरुमा फिवर क्लिनिक सञ्चालनमा ल्याउन पनि निर्देशन दिइएको उनले बताए । नमुना सङ्कलन र परीक्षण बढी मात्रामा गर्ने गरी रणनीतिहरु बनाएर सरकार अगाडि बढेको उनले बताए ।

" /> फ्रान्सबाट काठमाडाैं आएकी नेपाली युवतीमा कोरोनाको सङ्क्रमण - Sarbocha Media

फ्रान्सबाट काठमाडाैं आएकी नेपाली युवतीमा कोरोनाको सङ्क्रमण

`

     २०७६ चैत्र १० गते ७:२८

काठमाडौं, १० चैत । काठमाडाैंमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ ।

गएको चैत ४ गते फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी नेपाली युवतीमा कोरोनाको सङ्क्रमण देखिएको र उनको उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलन उनले युवतीको सम्पर्कमा रहेका सबै व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

यसअघि चीनको वुहानबाट फर्किएका अर्का नेपालीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । उनी अहिले निको भएर घर फर्किसकेका छन् । त्यसबाहेक परीक्षण गराएका मध्ये कसैलाई पनि कोरोनाको सङ्क्रमण देखिएको थिएन । टेकुमा अहिलेसम्म ६ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ढकालले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई मध्यनजर गर्दै एक हप्ताका लागि नाका बन्द निर्णय गरिएको बताए ।

advertisement

नेपाल फर्किसकेका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै मन्त्री ढकालले कोरोनोको लक्षण देखिएमा सरकारले तोकेको मापदण्ड अनुसार जुनसुकै अवस्थामा पनि राज्यले उपचारको व्यवस्था मिलाउने बताए ।

मन्त्री ढकालले सात वटै प्रदेशमा टेकु अस्पतालस्तरको परीक्षण ल्याब स्थापनाका लागि काम अगाडि बढाइएको बताए । सबै प्रदेशका मुख्यमन्त्रीहरुसँगको सामूहिक बैठकमा अस्पताल निर्माण गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको उनले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता देवकोटाले नियमित फलोअपमा आउनेहरुलाई केही दिन ढिला फलोअप गर्दा हुने अवस्थामा अस्पताल नबोलाउन अस्पतालहरुलाई निर्देशन दिइएको उनले बताए । केही दिन ढिला गरी शल्यक्रिया गर्दा पनि समस्या नहुने बिरामीहरुलाई तत्काल नबोलाउन अस्पताललाई भनेको उनले बताए ।

५० शय्याभन्दा माथिका अस्पतालहरुमा फिवर क्लिनिक सञ्चालनमा ल्याउन पनि निर्देशन दिइएको उनले बताए । नमुना सङ्कलन र परीक्षण बढी मात्रामा गर्ने गरी रणनीतिहरु बनाएर सरकार अगाडि बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?