गगन पक्ष र देउवा पक्षबिच पानी बारबार, आयोग भित्र देउवा पक्ष हुँदा गगन पक्ष बाहिर

`

     २०८२ माघ ०३ गते २:३३

काठमाडौँ, २ माघ । नेपाली कांग्रेसको गगन थापा सभापति भएको समूहलाई निर्वाचन आयोगको गेटमै रोकिएको छ । शुक्रबार सो समूह निर्वाचन आयो पुगे पनि गेटमै रोकिएको हो ।

शुक्रबार अपराह्न शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोग पुगेको थियो । सो समूह आयोग भित्रै रहेकाले आफूहरू भित्र प्रवेश नगरेको थापा समूहकी केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।

देउवा समूह विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाको हस्ताक्षर फिर्ता गरेको प्रमाण बुझाउन निर्वाचन आयोगमा पुगेको थियो ।

थापा समूह भने महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता गरिएको भन्नु राजनीतिक प्रोपोगाण्डा मात्रै भएको जनाउँदै आयोग कार्यालय घेराउ गर्न पुगेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?