बालेन्द्र शाहले बुझाए आयोगसमक्ष लिखित बयान

`

     २०८२ पौष २२ गते २:४१

काठमाडौँ । भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाहले लिखित बयान बुझाएका छन्।

आयोगका सदस्य विज्ञानराज शर्माले आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान बुझाएको बताए।

७ पुसमा शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका थिए । भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि उनले बयान दिएका थिए । आयोग स्रोतका त्यतिबेला उनीसँग करिब २ घन्टा सोधपुछ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?