advertisement

पूर्व तयारीका साथ काठमाडौंबाट लुटपाट गर्ने उद्देश्यले उनीहरु मकवानपुर पुगेको जनाइएको छ । कैलाश गाउँपालिकाका एक व्यक्तिसँग हिरा किन्ने भन्दै उनीहरु काठमाडौंबाट मकवानपुर पुगेका खुलेको छ।

कैलाश गाउँपालिकाबाट हिरा लिएर भागेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

" /> हिरा लुटपाट गरेर भाग्दै गरेका प्रहरी र पत्रकारकाे समूह प्रहरी नियन्त्रणमा - Sarbocha Media

हिरा लुटपाट गरेर भाग्दै गरेका प्रहरी र पत्रकारकाे समूह प्रहरी नियन्त्रणमा

`

     २०७६ चैत्र १० गते ५:४०

काठमाडौं, १० चैत । प्रहरी र पत्रकारलाई लुटपाट गरेकाे अभियोगमा नियन्त्रणमा लिएको छ ।

लुटपाट गर्नका लागि काठमाडौंबाट मकवानपुर पुगेको प्रहरीकै समूहलाई प्रहरीले नै नियन्त्रणमा लिएको जनाएको छ । मकवानपुरको पालुङबाट नियन्त्रणमा लिएकाहरु महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा पत्रकार सुजन आचार्य र अर्का एकजना रहेका छन् ।

advertisement

पूर्व तयारीका साथ काठमाडौंबाट लुटपाट गर्ने उद्देश्यले उनीहरु मकवानपुर पुगेको जनाइएको छ । कैलाश गाउँपालिकाका एक व्यक्तिसँग हिरा किन्ने भन्दै उनीहरु काठमाडौंबाट मकवानपुर पुगेका खुलेको छ।

कैलाश गाउँपालिकाबाट हिरा लिएर भागेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?