ओली छानबिन आयोगसँग रिसाए-प्रधानमन्त्रीसँग पनि बयान लिइन्छ? यो के तमासा हो ?

`

     २०८२ पौष १५ गते ५:२२

काठमाडौं, १५ पुस । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न बनेको आयोगले आफूसँग बयान लिन खोजेको विषयमा आपत्ति जनाएका छन्।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै ओलीले देशको कार्यकारी प्रमुख भइसकेको व्यक्तिसँग बयान लिन खोज्नु सरकारको तमासा भएको बताए। ओलीले भने- ‘यो तमासा चुनाव नगराउने प्रपञ्च हो।’

आफू प्रधानमन्त्री छँदा भएको आन्दोलनको विषयलाई लिएर अहिले छानबिनका नाममा राजनीतिक प्रतिशोध साँध्न खोजिएको ओलीको आरोप छ। उनले भने, ‘प्रधानमन्त्रीसँग पनि बयान लिइन्छ। यो के तमासा हो त्यो रु पासपोर्ट रोक्का रे १ यो सब चुनावको वातावरण नबनाउने र बिथोल्ने खेल हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?