प्रचण्डले कुलमानलाई भने :- गुन बिर्सिए, बैगुनी भएर हिँडे

`

     २०८२ पौष १५ गते ३:३६

काठमाडौँ, १५ पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूले सामाजिक सञ्जालमार्फत होहल्ला गरेको बताएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले त्यसमै रमाएर एक थरीले नेपाल नै कब्जा भइसकेको जस्तोगरी प्रचार गरिएकोमा असन्तुष्टि पोखे ।

कार्यक्रममा प्रचण्डले ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङप्रति लक्षित गरी पार्टी र जनताले लगाएको गुन बिर्सिएको आरोप लगाए ।

विदेशी प्रतिक्रियावादी शक्तिहरूले फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमार्फत होहल्ला गरिरहेका छन् । त्यसमा रमेर नेपाल कब्जा भइसकेको जस्तो गरी एक थरीले प्रचार गरेका छन् । पार्टी र जनताले लगाएको गुनलाई बिर्सिएर मान्छेहरू बैगुनी बनेर हिँडेका पनि छन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?