प्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईँलाई सम्झाइन

`

     २०८२ पौष १५ गते ११:५८

काठमाडौं, पुस १५ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई चुनावबाटै आफ्ना मुद्दा अनुमोदन गराउन भनेकी छन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कार्कीले यस्तो बताएको उनको सचिवालयले जानकारी दिएको छ।

‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौं,’ प्रधानमन्त्री कार्कीलाई उद्धृत गर्दै सचिवालयले भन्यो, ‘सबै खालका संशयहरूलाई चिर्दै मुलुक पूर्णरूपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौं। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौं।’

प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न प्रसाईंलाई सुझाएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?