काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन् ।
‘प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकबाट संसद्मा जाने भन्ने होइन,’ शर्माले बैठकमा भने, ‘पार्टीको महामन्त्री समानुपातिकमा बस्नु भनेको एक अर्को साथीको सभावना र अवसर खोस्नु हो । म त्यस्तो गर्न चाहन्नँ ।’
उनले संसद् नगएर सम्पूर्ण समय पार्टीमा खर्चिन चाहेको पनि बताए ।




