संघीयता चाहिन्छ, संविधान बेस्ट नै छ : बालेन

`

     २०८२ पौष ११ गते ३:४९

काठमाडौं, पुस ११ । फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै नयाँ राजनीतिक समीकरण बनाउने तयारीमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले छलफल क्रममा आफू अहिलेकै संविधान मानेर अघि बढ्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँग समानान्तर भेटवार्ता गरिरहेका उनी विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग पनि (म्याराथन मिटिङ) गरिरहेका छन्।

ती भेटवार्तामा सहभागीहरूका अनुसार बालेनले आफू संविधान र संघीयताको पक्षमा रहेको बताउने गरेका छन्।

जेनजी प्रतिनिधिहरूसँगको छलफल क्रममा संविधान, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारीबारे प्रश्न उठ्दा बालेनले नेपालका लागि संघीयता चाहिने र अहिलेकै संविधान (बेस्ट) छ भन्ने धारणा राखेको जेनजी प्रतिनिधि रक्षा बमले बताइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?