देश बंगलादेश नहो: प्रधानमन्त्री सुशीला कार्की

`

     २०८२ पौष १० गते ४:२९

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन् ।

बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् ।

अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी दोहोर्‍याउँदै उनले राजनीतिक दल र जेन—जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको गुनासो गरिन् ।

‘निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरुमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरू हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहीँ नहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?