काठमाडौँ, पुस ९ । विभिन्न दलहरूसँग एकता हुँदै एकीकृत बनेको जय मातृभूमि पार्टी र समाज रूपान्तरण अभियानबिच आज राजधानी, काठमाडौँमा एकता सम्पन्न भएको छ ।
पार्टीका तर्फबाट सह-अध्यक्ष रामशरण पाण्डे, महा-सचिव गोविन्द गिरी तथा समाज रूपान्तरण अभियानको तर्फबाट अध्यक्ष किसन राई, उपाध्यक्ष राजन पुरी लगायतको उपस्थितिमा विभिन्न बुँदाहरूमा छलफल भई एकतालाई मूर्त रुप दिने सहमतिका साथ एकता समापन भएको कुरा अभियानका वार्ता कमिटी सदस्य डी. आर लामाले बताए ।
पार्टीको जिम्मेवारी बाँडफाँड, वरीयता लगायतको विषयमा आन्तरिक समझदारी भए अनुरूप अघि बढ्ने कुरा समेत लामाले बताए ।




