केपी ओलीको गुन तिर्दै छु : रवि लामिछाने

`

     २०८२ पौष ०७ गते ४:४४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिरिरहेको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाएर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन्।

अदालत परिसरबाट बाहिरिने क्रममा लामिछानेले भने, ‘केपी ओलीजीले मलाई ठूलो गुन लगाएको छु भन्नुभएको रहेछ। उहाँले कहाँ–कहाँ गुन लगाउनुभएको छ, अब यो जिन्दगीभर गुन तिर्दै जानुपर्ने छ।’

आफूमाथि लगाइएका विभिन्न मुद्दाहरूको सामना गरिरहेको सन्दर्भ जोड्दै लामिछानेले यसलाई ‘गुन तिर्ने’ प्रक्रियाका रूपमा अर्थ्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?