मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति

`

     २०८२ पौष ०७ गते ११:२४

काठमाडौँ, ७ पुस । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा समूह आइपुगेको र आफूहरू अनुमति नदिने बताएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।

सीडीओ पौडेलले सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि आफूहरूले अनुमति नदिने बताएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?