रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ

`

     २०८२ पौष ०६ गते ४:१०

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ । काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा उनलाई स्वागत गर्न कार्यकर्ता एवं शुचेच्छुकहरू पुगेका छन् ।

उनलाई बाजागाजासहित अहिले पार्टी कार्यालयमा स्वागत गरिएको छ । भैरहवा कारागारबाट छुटेर लामिछाने हिजोमात्रै काठमाडौं आइपुगेका थिए ।

उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?