समीर श्रेष्ठले अभिनयमा यात्रा सुरु गरे

`

     २०८२ पौष ०४ गते २:२१

काठमाडौँ, ४ पुस । युवापुस्ता माझ आफ्ना सङ्गीत र गायनका कारण चर्चामा रहेका समीर श्रेष्ठले अभिनय यात्राको सुरुआत गरेका छन् ।

आफ्ना गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गरेका गायक श्रेष्ठले चलचित्र ‘रमिताको पिरती’मार्फत अभिनय यात्राको सुरुआत गर्दै छन् । कलाकारितामा इच्छा भएकाले नै अभिनयमा आफू आएको गायक श्रेष्ठले बताए।

उनले भने, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेकी थिएन् । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?