ट्रम्पको (गोल्ड कार्ड) भिसा योजनाविरुद्ध अमेरिकाको २० राज्यमा मुद्धा

`

     २०८२ मंसिर २९ गते ४:०७

काठमाडौँ, मङ्सिर २८ । अमेरिकी प्रशासनले ल्याएको (ट्रम्प गोल्ड कार्ड) भिसाविरुद्ध क्यालिफोर्नियाको नेतृत्वमा २० अमेरिकी राज्यहरूले यस निर्णय विरुद्ध मुद्दा दायर भएको छ ।

यी राज्यहरूले भिसाको शुल्क पूर्ण रूपमा गैरकानूनी भएको र अस्पताल, विद्यालय, विश्वविद्यालय र सरकारी सेवाहरूमा पहिले नै अवस्थित डाक्टर र शिक्षकहरूको अभावलाई अझ खराब बनाउने तर्क गरेका छन् । राष्ट्रपति ट्रम्पले एक मिलियन डलर शुल्क लिएर विश्वका कुनै पनि व्यक्तिलाई अमेरिकी गोल्ड कार्ड भिसा दिने योजना घोषणा गरेको केहि दिनमै अदालतमा मुद्धा परेको हो ।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले यी भिसाहरू डाक्टर, नर्स, इन्जिनियर, वैज्ञानिक र शिक्षकहरू जस्ता उच्च कुशल पेशेवरहरूका लागि भएको र जब विश्वभरबाट प्रतिभा अमेरिका आउँछन्, सम्पूर्ण देशको प्रगति हुने बताएका छन् । क्यालिफोर्नियासँगै, न्यूयोर्क, इलिनोइस, वाशिंगटन र म्यासाचुसेट्स सहित २० प्रमुख राज्यहरू यस मुद्दामा संलग्न छन् । राज्यहरूले एच- १ बी भिसा शुल्क पहिले एक हजारदेखि ७ हजार ५०० डलरसम्म रहेको तर्क गर्दै कंग्रेसको स्वीकृति बिना अचानक तिनीहरूलाई बढाउनु गैरकानूनी भएको बताएका छन् ।

यसबाहेक, यी शुल्कहरू भिसा प्रशोधनको वास्तविक लागत भन्दा सयौं गुणा बढी रहेको र यसलाई प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घनको रुपमा उनीहरुले ब्याख्या गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?