सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत

`

     २०८२ मंसिर २३ गते २:१८

काठमाडौं, २२ मंसिर । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको बताएका छन् ।

सरकारले राजनीतिक दलका नेताहरूलाई अनावश्यक धरपकडको योजना बनाएको बताउँदै बस्नेतले यसले देशलाई थप मुठभेटको अवस्थामा लैजाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीका पछिल्ला गतिविधि त्यसतर्फ उन्मुख भएको उनको धारणा छ ।

सरकारले अनाहकमा दल र नेताहरूमाथि धरपकड गर्ने दुस्साहस गर्न खोजेको सङ्केत हालै प्रधानमन्त्रीको भेटघाट र गतिविधिबाट प्रस्ट देखिन थालेको छ’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?